भारतीय पक्षले दशगजामा खनेको कुलो नेपालले पुर्न लगायो

भारतीय पक्षले दशगजामा खनेको कुलो नेपालले पुर्न लगायो

  • मङ्लबार, चैत्र १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

बर्दिया, १५ चैत ।

भारतीय वन विभागका कर्मचारीले बर्दियाको मधुवन नगरपालिका–५ मा पर्ने नेपाल–भारतको सीमा दशगजामा खनेको कुलो नेपाली पक्षले पुर्न लगाएको छ ।

कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५ र ७६ को बीचमा हिजो बिहान स्काभेटरले खनेको झन्डै २० मिटर लामो कुलो खनेको थियो ।

कुलो खनिरहेको खबर पाएलगत्तै सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सानोश्रीका प्रहरी निरीक्षक भूपेन्द्र पालको नेतृत्वमा खटिएको टोलीले सीमा रेखामा दुवै देशले कुनै गतिवधि गर्न नपाउने भन्दै प्रतिकार गरेको थियो ।

कुलो खेनेको भुभाग भारततीर पर्ने भारतीय पक्षको दाबी रहेपनि सीमा स्तम्भबाट नौ मिटरभित्र पर्ने नपर्ने अन्यौल भएपछि पुर्न लगाईएको प्रहरी निरीक्षक पालले बताउनु भयो ।

अन्तर्रा्ष्ट्रिय कानुनले दशगजाभित्र यस्ता कुनै पनि कार्य गर्न पाइँदैन । यता बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले यस विषयमा आफूलाई कुनै जानकारी नआएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ