कांग्रेस केन्द्रिय कार्यसमिति बैठक आजपनि जारी

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक आजपनि जारी

  • मङ्लबार, चैत्र १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ, १५ चैत्र ।
नेपाली कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा मुलुकको पछिल्लो राजनितिक अवस्था र स्थानीय तह निर्वाचन तयारीका सम्बन्धमा छलफल भइरहेको छ ।

बोल्नका लागि नाम टिपाएका सदस्यहरुले बैठकमा धारणा राख्ने क्रम नसकिएपछि बैठक पुनः आजका लागि पनि बोलाइएको छ । अझै दुई दर्जन केन्द्रिय सदस्यले धारणा राख्न बाँकी रहेकाले बैठक अझै केहीदिन लम्बिने कांग्रेसले जनाएको छ ।

ललितपूरको सानेपास्थित पार्टी केन्द्रिय कार्यलयमा बिहान ११ बजेपछि बस्ने बैठकमा नाम टिपाएका बाँकी सदस्हरुले धारणा राख्ने पार्टी सचिवालयले जनाएको छ । बैठकमा हालसम्म २२ जना केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन् ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सिमांकन बाहेकका विषयमा संविधान संशोधन गरेर मधेशी मोर्चालाई पनि सहभागी गराइ निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् भने केहीले निर्वाचन कुनैपनि हालतमा सम्पन्न गराउनुपर्ने धारणा राखेका छन् ।

करिब ५ महिनापछि गत आइतबारबाट सुरु बैठकमा स्थानीय तह निर्वाचनका लागि उमेदवार छनोट तथा कार्यकर्ता परिचालन सम्बन्धमा पनि बैठकमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

जारी बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिति समेत गठन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ