पर्सा ,१५ चैत्र ।
पर्साको गुलरियाबाट वनगस्ती टोलीले आज बिहान अवैध रुपमा तस्कर गरी लादै गरेको ४८ क्यूफिट सालको काठ नियन्त्रणमा लिएको छ ।
सेक्टर वन कार्यालय बढनिहारबाट वन रक्षक जमदार प्रदिप तिमिल्सिनाको कमाण्डमा गस्तीमा खटिएको टोलीले काठ नियन्त्रणमा लिएको हो ।
राष्ट्रिय वन क्षेत्रबाट काठ कटान गरी साइकलमा लोड गरेर लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ । तस्करहरु भने स्थानीय महिलाको अवरोधका कारण भाग्न सफल भएको छ ।
आफूहरुले समातेका दुई जना तस्कर पनि महिलाको सहयोगमा भाग्न सफल भएको तिमिल्सिनाले बताउनु भयो । गस्ती टोलीले सातवटा साइकल, त्यसमा लोड गरिएको काठ, दुईवटा आरा र दुईवटा बन्चरो नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline