काठमाडौ १५ चैत्र ।
विद्यार्थी संगठनबीचको विवादका कारण स्थागित रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु निर्वाचन आज भईरहेको छ ।
निर्वाचन भइरहेका बेला क्याम्पस हाता बाहिर विपक्षमा रहेका विद्यार्थीहरुले पेट्रोल बम प्रहार तथा ढुङ्गमुढा गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।
पद्यमोदय मोडदेखि नै सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । क्याम्प क्षेत्रको सुरक्षा व्यवस्था कडा पनि पारिएको जनाइएको छ । तनावकाबीच अहिले मतदान भइरहेको छ ।
नेकपा माओवादी निकट अखिल क्रान्तिकारी लगायत विभिन्न १० विद्यार्थी संगठनले भने निर्वाचन बहिस्कार गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline