भरतराज शर्मा (गोपाल)/धरान ।
सामुदायीक रेडियो प्रसारक संघ, नेपाल अको¥यावको १ नम्वर प्रदेश स्तरीय भेला ५ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ ।
सामुदायिक रेडियोहरुमा समुदायको अपनत्व महसुस गराउनका लागि सम्पुर्ण सामुदायिक रेडियोहरु खुला सदस्यताको नीति अवलम्बन गर्न प्रतिबद्धता जाहेर गरेका छन ।
जस अन्र्तगत स्थानीय विकासका लागि सम्बन्धित सरोकारवालासँग सहकार्य गर्न सामुदायिक रेडियोहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै सामुदायिक रेडियोहरुले पर्यटन र कृषिको प्रवद्र्धन तथा व्यावसायिकरणमा सकारात्मक प्रभाव पार्ने प्रशारणका सामाग्री उत्पादन गरी प्रदेशको आर्थिक समृद्धीमा सहयोगी भुमिका निर्वाह गर्ने, १ नम्बर प्रदेशको जातीय, भौगोलिक, लैंगिक र साँस्कृतिक पहिचानलाई स्थापित गर्दै स्थानीय समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो प्रशारणलाई केन्द्रित गर्ने, सामुदायिक रेडियोहरुको दीगो विकाशका लागी संस्थागत, संरचनागत र व्यक्तिगत रुपमा क्षमता अभिवृद्धीका लागी रणनैतिक योजना तयार गर्नै, रेडियोहरुले विचको सु–सम्वन्ध स्थापित गर्दै राज्यबाट निर्देशित नीति नियमहरुको पालना र संविधान कार्यन्वयनका लागी सरकार र आम नागरिक विच पुलको काम गर्ने तथा आम संचार नीतिमा उल्लेख गरिएका प्रशारण संवन्धि नीतिलाई आत्मसाथ गर्दै आचार संहिताको पुर्ण पालनाका लागी प्रतिवद्ध रहदै सामुदायिक प्रसारण सम्वन्धि नीतिगत व्यवस्था तत्काल गर्न सरकारसँग जोडदार माग सहित सामुहिक रुपमा रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सामुदायिक रेडियोहरुको विशिष्ट पहिचान नै भाषिक विविधतामूलक रेडियो प्रशारण, स्थानीय समाचारलाई प्राथमिकता, अल्पसंख्यक समुदाय, महिला, बालबालिकाकासाथै कृषि तथा उद्यमशीलताका मुद्दाहरुलाई विशेष स्थान तथा विशिष्टिकृत विषयवस्तुमा कार्यक्रम उत्पादन तथा प्रशारणलाई थप प्रवद्र्धन गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
यसैबीच सामुदायिक रेडियो प्रसारक संघ, नेपाल अको¥यावका अध्यक्ष सुवास खतीवडाले सामुदायीक रेडियोलाई राज्यले उपेक्षा गरेको गुनासो गर्नु भएको छ ।
समाज रुपान्तरण गर्न सामुदायीक रेडियोले खेलको भुमिकालाई मान्यता दिन राज्यले कन्जु स्यायी गरेको वताउनु हुदै उहाँले सामुदायीक रेडियोलाई राज्यले उपेक्षा गरेको गुनासो गर्नु भएको हो ।
सामुदायिक रेडियो प्रसारक संघ, नेपाल प्रदेश नं. १ को प्रदेश भेलाको सुनसरीको धरानमा उद्घाटन गर्दै अको¥यावका अध्यक्ष खतीवडाले सामुदायीक रेडियो संग राज्यका निकायहरु संग साझेदारी हुन नसकेको र सरकारी निकायले चासो नदीएको बताउनुभयो ।
भेलामा प्रदेश नं. १ भित्र रहेका बिभिन्न सामुदायीक रेडियोका अध्यक्ष, स्टेसन म्यानेजर लगाएतको सहभागीता रहेको थियो ।