काठमाडौ १३ चैत्र ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रिय एवम् अन्तर्रा्ष्ट्रिय विभागका सदस्य सङ ताओसंग द्विपक्षिय भेटवार्ता गर्नुभएको छ ।
भेटमा नेपाल चीन सम्बन्धका का बारेमा छलफल भएको थियो । भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपालमा संविधान कार्यान्वयन गरी स्थायित्वको लागि अभ्यास भइरहेको र सोही क्रममा स्थानिय निकायको निर्वाचनको तयारी भइरहेको बताउनुभयो ।
भेटमा ताओले नेपालले एक चीन नीतिमा देखाएको प्रतिबद्धता को र्सहाना गर्दै अगामी दिनमा वान रोड वान बेल्टको सञ्जालको माध्यमबाट थप सम्बन्ध सुढृढ गर्ने बताउनुभएको थियो । सङले प्रधानमन्त्री दाहाल सम्मानमा दिवा भोज को समेत आयोजना गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline