सल्यानमा १११ वटा मतदान केन्द्र सिफारिस

सल्यानमा १११ वटा मतदान केन्द्र सिफारिस

  • आइतवार, चैत्र १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

सल्यान, १३ चैत । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १११ वटा मतदान केन्द्र सिफारिस गरी पठाइएकोे छ । संविधानसभाको निर्वाचनमा १३८ वटा मतदान केन्द्र रहेकामा स्थानीय तहको नयाँ संरचनासँगै घटाएर १११ वटा बनाउन सिफारिस गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकी संयोजक रहेको जिल्ला मतदान केन्द्र पुनरालोकन समितिको बैठकले भूगोल, इलाका र क्षेत्रलाई मिलाएर उक्त केन्द्र राख्न निर्वाचन आयोगमा सिफारिस पठाएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो ।

भूगोल, इलाका र क्षेत्रलाई मिलाउँदा २७ वटा मतदान केन्द्र हटाउन आवश्यक भएकाले जिल्लामा क्रियाशील राजनीतिक दलसहितको बैठकले १११ वटा केन्द्र बनाउने निर्णय गरेर सिफारिस गरिएको उहाँले उल्लेख गर्नुभयो ।

सिफारिसअनुसार थोरै मतदान केन्द्र ढोरचौर गाउँपालिकामा छ भने सबैभन्दा धेरै वनगाडकुपिण्डे नगरपालिकामा १८ वटा मतदान केन्द्र तोकिएको छ । यस्तै गाउँपालिकातर्फ कपुरकोटमा १०, कालीमाटीमा ११, कुमाखमालिकामा १०, छत्रेश्वरीमा नौ, त्रिवेणीमा आठ र दार्मामा नौ वटा केन्द्र ताकिएको र नगरपालिकातर्फ बागचौरमा १४ र शारदामा १६ वटा केन्द्र तोकिएको छ ।

स्थानीय तह पुनःसंरचना आयोगले सल्यानमा तीन नगरपालिका र सात गाउँपालिका बनाएको छ । जिल्लामा मतदाताको सङ्ख्या एक लाख २२ हजार, ४२५ मा पुरुष ६१ हजार २१९ र महिला ६१ हजार २०६ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ