काठमाडौ, १३ चैत्र ।
प्रतिबन्धित भारतीय नोट सटहीबारे नेपाल राष्ट्र बैंक र भारतीय अधिकारीहरुबीच छलफल भइरहेको छ । नेपालमा रहेका प्रतिबन्धित पाँच सय र हजारका नोट सटहीबारे छलफल गर्न भारतीय उच्चस्तरीय टोली हिजो नेपाल आएको थियो ।
राजधानीको बालुवाटारस्थित राष्ट्र बैंक कार्यलयमा जारी छलफलमा नेपालमा रहेको भारतीय प्रतिबन्धित नोट सटहीमा सहजीकारण गर्ने विषयमा कुराकानी भइरहेको जनाइएको छ ।
बैंक तथा वित्तिय संस्थामा रहेको आठ करोड ३४ लाख रिसर्भ बैंक अफ इन्डिया आरबिआइले सटिने भनिएपनि सर्वसाधारणसाग रहेको रकम सटहीका विषयमा भने भारतीय पक्षले केही भनेको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले गत नोभेम्बर ८ तारीखमा राष्ट्रका नाममा संबोधन गर्दै ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि यसको प्रभाव परेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline