स्वास्थ्य सेवा सर्वसुलभ बनाउने सरकारको तयारी

स्वास्थ्य सेवा सर्वसुलभ बनाउने सरकारको तयारी

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, १२ चैत । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले मुलुकका प्रत्येक गाउँ र सहरमा स्वास्थ्य सेवा सर्वसुलभ बनाउने प्रयास गरिरहेको बताउनुभएको छ ।

राजधानीमा आजदेखि सुरु भएको ‘महिला सशक्तीकरण’ सम्बन्धी चारदिने प्रशिक्षण कार्यक्रममा बोल्दै देशभर स्वास्थ्य सेवा सहज, सुलभ र प्रभावकारी बनाउन वर्तमान सरकार क्रियाशील रहेको बताउनु भयो ।

स्वास्थ्यमन्त्री थापाले पाठेघरको मुखको अर्बुदरोगको परीक्षण ७५ वटै जिल्लामा निःशुल्क गर्ने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकार .लागिपरेको उल्लेख गर्दै काठमाडौँ उपत्यकाका १३ स्थानमा जनस्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना भइरहेको जानकारी दिनुभयो ।

एउटा कार्यक्रमबाट मात्र महिला सशक्तीकरण नहुने बताउँदै यसका लागि महिला स्वयम् जागरुक हुनुपर्नेमा उहाँको जोड छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी