बस्यालको अध्यक्षतामा कार्यसमिति गठन

बस्यालको अध्यक्षतामा कार्यसमिति गठन

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, १२ चैत । नेपाल विद्युत् प्राधिकरण पूर्व कर्मचारी समाजको सम्पन्न प्रथम साधारणसभाले पूर्व निर्देशक दण्डपाणि बस्यालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा बैजुनाथ रौनियार, महासचिव नियाज अहमद, सचिव बद्रीकुमार खत्री, कोषाध्यक्ष शङ्करप्रसाद मैनाली तथा सदस्यहरुमा विष्णुबहादुर सिंह, बलराम केसी, दिवाकरभक्त खरेल रहेका छन् ।

समितिमा चयन हुन बाँकी सातजना उपाध्यक्ष र चारजना सदस्य केन्द्रीय कार्यसमितिले आफ्ना आजीवन सदस्यमध्येबाट चयन गर्नेछ ।

नेपाल विद्युत् प्राधिकरणबाट हाल छ हजार ७०० जना कर्मचारीले अवकाश प्राप्त गरिसकेका छन् ।
नेपाल विद्युत् प्राधिकरण पूर्वकर्मचारी समाज अवकाश प्राप्त कर्मचारीको साझा संस्थाका रुपमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ