काठमाडौं १२ चैत्र ।
काठमाडौको कालीमाटीमा भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा महानगरीय प्रहरी बिट टेकुमा कार्यरत प्रहरी जवान शंकर बिक रहेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ ।
गएराति कालीमाटी चोक नजिकै बा २ ख १९८१ नम्बरको बसले बा ३५ प ३५७६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा विकको घटनास्थलमै मृत्यु भएको हो ।
बिकलाई ड्युटीमा जाने क्रममा बसले ठक्कर दिएको थियो । यस्तै गएराति नै राजधानीको गोगंबुमा कारको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।
रानीबारी वर्कसपमा बा ३ च ४१२४ नम्बरको कारले परीक्षण गर्ने क्रममा वर्कसपमा काम गर्दै आएका भारतका सपन अधिकारीलाई ठक्कर दिएको थियो ।
अधिकारीको उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline