नयाँ वसन्तपुरबाट आज कमलपोखरीसम्म कलशयात्रा गरिने

नयाँ वसन्तपुरबाट आज कमलपोखरीसम्म कलशयात्रा गरिने

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, १२ चैत । २५औँ रजत जयन्तीका अवसरमा कमलपोखरी परिसरमा आयोजित विशेष धार्मिक महोत्सव अन्तरगत आज नयाँ वसन्तपुरबाट दुई हजार बढी भक्तजनको ध्वजा कलशका साथ विभिन्न देवी देवताको झाँकी लिएर कमलपोखरीसम्म कलशयात्रा गरिनेछ भने साँझ दीप प्रज्ज्वलन गरी पूजा आरती गरिनेछ ।

त्यसैगरी साँझपख घनघोर उत्सव गरिनेछ, जहाँ विवाह भएका महिलाले आफ्नो सौभाग्यका लागि पूजा गर्नुका साथै साँझ पशुपतिमा आरती गर्नेछन् ।

अन्तिम दिन आइतबार बिहान तीन घन्टाको मङ्गल पाठ गरी भजन कीर्तनसँगै फूलको होली उत्सव गरिने र साँझ महाआरती गरेर कार्यक्रम सम्पन्न गरिने सङ्घले जनाएको छ ।

हिजोबाट सुरु महोत्सवमा नेपाल र भारतको हिन्दू धर्मावलम्बीको सहभागिता रहेको छ ।

महोत्सवका अवसरमा रानीपोखरी क्षेत्रलाई आकर्षक रुपमा सजाइएको छ । रानी सती दादी दुर्गाजीको रुप हो त्रिशूल रुपमा पुजिने दुर्गाजीलाई ‘रानी सती’को नाम दिइएको हो । करिब

पहिलो दिन दुर्गा भवगतीको मूर्ति पशुपतिनाथमा लगि विधिपूर्वक पूजा गरी साँझ राजस्थानी संस्कृतिको प्रस्तुति गरिएको रानी सती सेवा सङ्घका अध्यक्ष अजय जलानले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ