काठमाडौ ११ चैत्र ।
प्यूठानमा आज बिहान तीर्थयात्री सवार जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
आज बिहान काठमाडौंबाट स्वर्गद्वारी दर्शनका लागि गएका तिर्थयात्री सवार बा १ च १५६१ नम्बरको स्कारपीयो जिप प्युठानको भिंगृ–६ रुमालेमा पल्टिँएर दुर्घटना भएको प्युठान प्रहरीले जनाएको छ ।
मृतकहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा गाडी चालक सहित तीन घना घाइते भएको स्वर्गद्वारी प्रहरी चौकीका प्रहरी साहयक निरीक्षक तिलक भट्टले बताउनु भयो ।
गम्भीर घाइते तीन जनालाई प्राथमिक स्वाथ्य केन्द्र भिंगृमा उपचारका लागि पठाइएको भट्टले बताउनु भयो ।
जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।
घटनास्थलमा प्रहरी पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको प्यूठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।