आज विश्व क्षयरोग दिवस

आज विश्व क्षयरोग दिवस

  • शुक्रबार, चैत्र ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमान्डौ चैत ११ ।
आज विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरी मनाइदै छ । दिवसको यस वर्षको नारा टीबी विरुद्धको एकता, कोही पनि नछुटोस भन्ने तय गरिएको छ ।

हरेक वर्ष मार्चको २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाइने गरिन्छ । यो दिवसको शुरुवात विश्व स्वास्थ्य संगठनको अगुवाईमा सन् १९९५ वाट भएको हो ।

क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुने गर्दछ ।

नियमित औषधी सेवन गरेमा निको हुने क्षयरोगका कारण विश्वमा हरेक वर्ष १५ लाखको मृत्यु हुने गरेको छ भने विश्वमा हरेक वर्ष ९० लाख नयाँ क्षयरोगी देखापर्ने गरेको तथ्याङ्कले जनाएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा हरेक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् भने ३० हजारले मात्र स्वास्थ्य सेवा लिइरहेका छन् । नेपालमा ८० हजार ५० जना क्षयरोगी भएको सरकारी तथ्यांक छ । नेपालमा वर्षेनी ५ देखि ७ हजार क्षयरोगीको मृत्यु हुने गरेको छ ।

दिवसका अवसरमा राष्ट्रिय क्षयरोग केन्द्र तथा मुलुकभर कै क्षयरोग निवारण सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका सरकारी तथा गैरसरकारी संस्थाहरुले विविध कार्यक्रम को आयोजना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ