काठमाडौ १० चैत्र ।
आज विश्व मौसम दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विश्व मौसम संगठन सम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको हो ।
हरेक वर्ष २३ मार्चमा मनाउने दिवसका अवसरमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ ।
विश्वमा जनसंख्या वृद्धिका कारण पृथ्वीको तापक्रम बढ्दो छ । यसले वातावरण र मौसममा नकारात्मक प्रभाव पार्दै गएको छ ।
एक तथ्यांकअनुसार प्रत्येक वर्ष जलवायु परिवर्तनका कारण विश्वभर १२ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline