प्राधिकरणले तयार गर्यो थप ६ ओटा भूकम्प प्रतिरोधी कम लागतका घरको नयाँ डिजाईन

प्राधिकरणले तयार गर्यो थप ६ ओटा भूकम्प प्रतिरोधी कम लागतका घरको नयाँ डिजाईन

  • बुधबार, चैत्र ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ ,८ चैत ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ ओटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने तयारी गरेको छ ।

भूकम्प प्रभावित जिल्लाको ग्रामीण भेगलाई लक्षित गरि प्राधिकरणले किफायती लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको हो । उक्त डिजाइन अनुसार कम्तीमा दुई लाख ९२ हजार रुपैया लागतमा दुई कोठे भवन निर्माण गर्न सकिनेछ । सोसाइटी अफ नेपलिज आर्किटेक्चर (सोना)ले ५ ओटा र जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेका हुन ।

प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलवार बसेको प्राधिकरण कार्यकारी समितिको वैठकले नयाँ ६ प्रकारको घरको नमुना डिजाइनलाई स्वीकृती दिने निर्णय गरेको हो ।

उक्त डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा. हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणिकरण गरेपछि लागू हुनेछ । नयाँ डिजाइन अनुसार ढुंगाको जोडाई र माटोको गारोका एक तल्ले घर र ढुंगाको गारोमा माटोको जोडाई तथा सिमेन्टको समेत जोडाईमा भूकम्प प्रतिरोधी घर बनाउन सकिनेछ ।

उक्त डिजाइन सार्वजनिक भए भूकम्पमा घर गुमाएका पिडितले किफायती लागतमा धेरै विकल्प मध्ये आफुलाई मन पर्ने डिजाइनमा नयाँ घर बनाउन सक्ने छन् । सरकारले यसअघि १७ ओटा घरको नमुना डिजाइन तयार गरेको थियो ।

यसैबीच प्राधिकरण कार्यकारी समितिको बैठकले जोखिमयुक्त बस्तीमा रहेकालाई स्थानान्तरण गर्नका लागी आवश्यक जग्गा÷घडेरीको व्यवस्थापन गर्नेवारे गृहकार्य गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाई सर्न चाहने प्रभावितलाई जग्गा किन्ने प्रयोजनका लागी दुई लाख रुपैया अनुदान उपलव्ध गराउनेवारे निर्णय गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।

यस्तै बैठकले काठमाण्डौ उपत्यकाका पुरातात्विक सम्पदा पुनर्निर्माणमा स्थानिय समुदायको चासोलाई सम्वोधन गर्ने गरि प्रक्रिया अघि बढाउन सम्पदा पुनर्निमाण उपसमितिलाईे निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी