आठौं कोरियन भाषा परीक्षाका लागि आवेदन आजदेखि खुला

आठौं कोरियन भाषा परीक्षाका लागि आवेदन आजदेखि खुला

  • बुधबार, चैत्र ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, चैत ९।
आठौं कोरियन भाषा परीक्षाको आवेदन खुल्ला भएको छ । भाषा परीक्षाका लागि आजदेखि आगामी १८ गते मध्यान्ह १२ बजेसम्म अनलाइनबाट आवेदन फारम भर्न सकिने छ ।
आवेदन फारम भर्नु पहिले २४ डलर ग्लोबल आइएमई बैंकमा जम्मा गरेर भौचर अनलाइनबाटै पठाउनु पर्ने शाखाले जनाएको छ । भौचर नम्बर र पासपोर्ट नम्बर भरेपछि मात्रै अनलाइन फारमका लागि पेज खुल्ने इपिएस शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिनु भयो ।
अनलाइनमा आवेदन दिएकाको प्रवेशपत्र इमेल आइडीमा नै पठाइने भएकाले इमेल आइडी अनिवार्य हुनुपर्नेछ । आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाने भएपछि भाषा परिक्षा सञ्चालन हुन लागेको हो ।

सन् २०१८ मा कोरियाले उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली कामदार जान पाउने छन् । परीक्षा आगामी जेठ २७ र २८ गते हुने छ । इपिएस कोरिया शाखाले परीक्षा एकै दिन दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ ।

परिक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते मात्रै तोकिने शाखाले जनाएको छ । नतिजा प्रकाशन २०७४ को असार १६ गते हुने शाखाले जनाएको छ । भाषा परीक्षामा उत्तिर्ण भएपछि सीप परीक्षामा समेत सहभागी हुन सकिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ