अब मौसमको जानकारी इमेल र एसएमएसमार्फत निरन्तर

अब मौसमको जानकारी इमेल र एसएमएसमार्फत निरन्तर

  • बुधबार, चैत्र ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, चैत ९ । हिमाल आरोहणका क्रममा हुने ठूला दुर्घटना रोक्न नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले हरेक घन्टाको मौसमको अग्रिम जानकारी दिन थालेको छ ।नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सुरक्षित आरोहणका लागि माउन्टेन गाइड, आरोही गाइड र सम्पर्क अधिकृतलाई चैत २ देखि इमेल र एसएमएसमार्फत घन्टैपिच्छेको मौसमसम्बन्धी जानकारी दिन थालेको हो ।

आरोहण दल हिमाल जानुअघि पाँच दिनसम्मको मौसमी विवरण उपलब्ध गराउन थालिएको छ । आवश्यकताअनुसार घन्टैपिच्छे मौसमी अवस्था र पूर्वानुमानको जानकारी दिन थालिएको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक उत्तम भट्टराईले बताए ।

मौसमको जानकारी नहुँदा हिमालमा दुर्घटना बढेकाले यसबाट बचाउन सेवा सुरु गरिएको उनले बताए । आरोहण अवधिभर मौसमसम्बन्धी जानकारी दिइनेछ । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ (एनएनएमजीए) सँग सहकार्य गरी अभियान सुरु गरिएको हो ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले मौसमविद् केबी मानन्धरलाई नियुक्त गरी हिमाली क्षेत्रको मौसमबारे सूक्ष्म जानकारी र पूर्वानुमान थालेको हो ।मौसमको जानकारी नहुँदा हिमपात, हिमपहिरो र आँधीले ज्यानै जाने खतरा हुन्छ । क्याम्पिङको व्यवस्था, थप सुरक्षाका योजना निर्माण गर्न मौसमको जानकारी भए सहयोग मिल्ने प्रतिष्ठान बताउँछ ।

मौसमको जानकारी नभएकाले सन् २०१४ मा अन्नपूर्ण क्षेत्रमा हुदहुद आउँदा करिब पचासजनाको मृत्यु भएको थियो भने करोडौंबराबरको सम्पत्तिमा क्षति पुगेको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ