सुनुवाई समितिले आज थप पाँच सिरफारिस राजदुतको सुनुवाई गर्दै

सुनुवाई समितिले आज थप पाँच सिरफारिस राजदुतको सुनुवाई गर्दै

  • मङ्लबार, चैत्र ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौ ८ चैत्र ।
संसदीय सुनवाई विषेश समितिले समितिले आज विभिन्न मुलुकका लागि सिफारिस गरिएका थप पाँच जना राजतदुतको सुनुवाई गर्दैछ ।

हिजो अस्ट्रेलियाका लागि सिफारिस भएका राजदुत लक्की शेर्पामाथि सोधपुछ गरेको समितिले आज थप ५ जनाको सुनुवाई गर्न लागेको हो ।

भोली सम्ममा १२ जनाकै सुनुवाई सक्काउने गरी सुनवाई भइरहेको समिति सदस्य तथा एमाले सचेतक समेत रहनु भएका भानुभक्त ढकालले जानकारी दिनुभयो ।

सरकारले अस्टे«लियाका लागि शेर्पासहित जापानमा प्रतिभा राणा, इजराइलमा निरन्जनकुमार थापा, डेनमार्कमा युवाराज लम्साल र श्रीलंकामा विश्वम्बर प्याकुरेलको नाम प्रस्ताव गरेको छ ।

यस्तै ओमनका लागि शर्मिला पराजुली ढकाल, कतारमा रमेश प्रसाद कोइराला, बहराइनमा पदम सुन्दास, कोरियामा अर्जुनजंग बहादुर सिंह, बंगलादेशमा चोकलाल भूषाल, म्यानमारमा भिमकृष्णा उदास र साउदी अरेवियामा महेन्द्र प्रसाद सिंह सिफारिस भएका छन् ।

भोलीसम्ममा सबै प्रस्तावित राजदुतको सुनुवाई सककाएर निर्णय सुनाउने समितिको तयारी रहेको समिति सदस्य ढकालले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ