मुग्लिन– नारायणगढ सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने

मुग्लिन– नारायणगढ सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने

  • मङ्लबार, चैत्र ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ ८ चैत्र ।
निर्माण कार्यलाई कारण देखाउदै मुग्लिन– नारायणगढ सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने जनाएको छ ।

आगामी चैत १५ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द हुने आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिनुभयो ।

हाल दैनिक साढे ४ घण्टा आवागमन रोकेर काम गर्दै आएकोमा अब बिहान १० देखि अपरान्न ४ बजेसम्म सडक बन्द हुने नारायणगढ–मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ ।

वैकल्पिक सडक प्रयोग गर्न मिल्ने सवारी सोही अनुसार र नमिल्ने सवारी साधनले लेन अनुशासन कायम राखी ट्राफिक प्रहरी र कर्मचारीको निर्देशन पालना गरी सञ्चालन गर्न आग्रह गरिएको छ ।

हाल उक्त सडकखण्ड मर्मतका लागि भन्दै बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरि निर्माण कार्य गरिँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ