व्यवस्थापिका संसदद्वारा दुई विधेयक पारित

व्यवस्थापिका संसदद्वारा दुई विधेयक पारित

  • सोमवार, चैत्र ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, ७ चैत्र ।
व्यवस्थापिका संसदको आजको बैठकले दुईवटा विधेयकहरु पारित गरेको छ ।
आज बसेको संसद बैठकले “निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३” तथा “गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक, २०७३” पारित गरेको हो ।

दुबै बिधेयक कानूनमन्त्री अजयशंकर नायकले पारित गरियोस्” भनेर प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाको तर्फबाट पनि कानूनमन्त्री अजयशंकर नायकले नै “गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक, २०७३” लाई पारित गरियोस्” प्रस्ताव प्रस्तुत गरेका थिए ।
दुबै विधेयकहरु पारित हुनु पूर्व ती विधेयकहरु उपर व्यवस्थापिका संसदमा दफाबार छलफल समेत चलेको थियो भने ती दुई विधेयकहरु उपर परेका तर फिर्ता नलिइएका संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
उक्त दुबै विधेयकहरुलाई बैठकले परिमार्जन सहित बहुमतले पारित गरेको हो । संसद बैठक भोलि १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ