चुनाव नभए प्रजातन्त्र नै खतरामा पर्छ : देउवा

चुनाव नभए प्रजातन्त्र नै खतरामा पर्छ : देउवा

  • सोमवार, चैत्र ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

भक्तपुर, ७ चैत ।

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताउनुभएको छ ।

भक्तपुरको लोकन्थलीमा आज काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौँ पुण्य स्मृति दिवस कार्यक्रममा बोल्दै उहाँले निर्वाचन हुन्न कि भन्ने शङ्का नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

चुनाव नभए संवैधानिक सङ्कट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औँल्याउँदै सभापति देउवाले जुनसुकै अवस्थामा पनि चुनाव गराएरै छाड्ने बताउनु भयो ।

उहाँले चुनावमा जानुको अब विकल्प नभएकोले चुनावमा होमिन कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।

हिमाल, पहाड र तराईलाई विभाजन गरी त्यहाँका बासिन्दाको एकता भाँड्ने षड्यन्त्र भइरहेको बताउँदै सभापति देउवाले सबै नेपालीबीच फाटो ल्याउने षड्यन्त्रलाई चिर्न पनि काँग्रेसले निर्वाचनलाई सफल पार्न जरुरी रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सांसद रामेश्वर ढुङ्गेल, मनमोहन भट्टराई, काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, काँग्रेस नेता मधु आचार्य, काँग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले नेपाली काँग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एकढिक्का भएर चुनावमा गए जित हासिल हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ