२८ देशका सेनाको अभ्यास पाँचखालमा सुरु

२८ देशका सेनाको अभ्यास पाँचखालमा सुरु

  • सोमवार, चैत्र ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काभ्रे, ७ चैत ।
काभ्रेको पाँचखालमा आजदेखि बहुराष्ट्रिय सैन्य अभ्यास सुरु भएको छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सुरु भएको शान्ति प्रयास ३ नाम दिइएको अभ्यास आगामि चैत २१ गतेसम्म सन्चालन हुनेछ ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्दमा हुने अभ्यासमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएका विभिन्न २८ मुलुकका एक हजार २४ जना सेना सहभागी छन् ।

अभ्यासको आज प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नु भएको छ । तालिममा नेपाली सेनाको महिला सैनिकले नेतृत्व गरेको एउटा गुल्मले पनि सहभागिता रहने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिने सेनाबीच सहकार्य र काममा एकता ल्याउने उद्देश्यले अभ्यासको आयोजना गरिएको हो । शान्ति अभ्यासमा युद्ध कौशल, स्थलगत अभ्यास, रणनीतिक अभ्यास र टेवल अभ्यासजस्त अभ्यास हुने नेपाली सेनाका महासेनानी प्रयोगजंग राणाले बताउनुभयो ।

अभ्यासको क्रममा शान्ति स्थापना कार्यमा परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्च तहमा रहँदा बहन गर्नुपर्ने जिम्मेवारीका बारेमा टेबुल अभ्यास हुनेछ ।

नेपाल शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा रहेको छ । नेपाली सेनाले हालसम्म विश्वका ४१ वटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ ।

अभ्यासमा भारत, श्रीलङ्का, बङ्गलादेश, फिलिपिन्स, अमेरिका लगायतका देशका सेनाको सहभागिता रहनेछ । स्थलगत अभ्यास गराउन नेपाली सेनाले पाँचखालमा एउटा गाउँ नै तयार गरेको छ ।

नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ