नारायणीमा हाम्फालेका सैनिक जवान वेपत्ता , युवतीको उद्धार

नारायणीमा हाम्फालेका सैनिक जवान वेपत्ता , युवतीको उद्धार

  • सोमवार, चैत्र ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

चितवन, ७ चैत ।
चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवान सरोज पोखरेलको खोजी कार्य आज पनि जारी छ ।

चीतवनकी सम्झना पौडेलसँगै यही चैत ५ गते अपराह्न भरतपुर महानगरपालिका–१ स्थित देवघाटबाट नारायणी नदीमा हाम फालेको पोखरेलको खोजी कार्य जारी राखिएपनि अवस्था अझै पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

सम्झनाको नदिवाट सकुशल उद्धार गरिएपनि पोखरेल बेपत्ता भएको र खोजी जारी रहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोलीले स्थानीय बोटेको सहयोगमा भरतपुर महानगरपालिका–२२ कि १८ वर्षीया पौडेललाई उद्धार गरेको उहाँले बताउनुभयो ।

भरतपुर–२१ का २२ वर्षीय पोखरेल नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौली चितवनमा कार्यरत थिए । उनको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जना प्रेमीप्रेमीका रहेको जानकारी आएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ