राजविराज, ७ चैत ।
सप्तरीको रुपनगरमा आज बिहान ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी भारदह–२ कि १६ वर्षीया नितुकुमारी ठाकुर रहेकी छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ठाकुर रुपनगरस्थित शङ्कर उच्च माविमा अध्यनरत ठाकुर परीक्षा दिन भारदहको बिपी मावि परीक्षा केन्द्र जाँदै गर्दा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline