कांग्रेस नेता गिरिजा प्रसाद कोईरालाको आज सातौँ स्मृती दिवस

कांग्रेस नेता गिरिजा प्रसाद कोईरालाको आज सातौँ स्मृती दिवस

  • सोमवार, चैत्र ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाडौ ७ चैत्र ।
नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पुर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको आज सातौँ स्मृती दिवस, कांग्रेस र उसका भ्रातृ संगठनहरुले देशैभर बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

कोईरालाको सात वर्ष अघि वि. सं. २०६६ साल चैत्र ७ गते ८५ वर्षको उमेरमा निधन भएको थियो । मुलुकको चार पटक प्रधानमन्त्री हुनु भएका कोइराला गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री समेत हुनुहुन्थ्यो ।

कोईरालाको नेतृत्वमा तत्कालीन विद्रोही समुह नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको बिस्तृत शान्ति सम्झौता भएको थियो ।

कोईरालाको नेतृत्वमा शान्ति प्रक्रियाको सहमतिको खाका तयार पारिएको थियो । संविधानका अन्तर बस्तुमा सहमतिको पहल जारी रहेकै समय उहाँको निधन भएपछि कुशल नेतृत्व अभावमा मुलुकले संविधान सभा निर्वाचनको ६ बर्षपछि मात्र संविधान पाएको थियो ।

२००७ सालको राणा बिरोधी आन्दोलनमा सहभागी कोईरालाले २०४७ सालको जनआन्दोलन, ०६२–०६३ को आन्दोलनको नेतृत्व गर्नुका साथै प्रजातन्त्र प्राप्ती पछिका हरेक राजनीतिक घटनाक्रमलाई सहज अवतरण गराउन नेतृत्वदायी भूमिका समेत निभाउनु भयो ।

राजनितिक जीवनमा कोईरालाले पार्टी भित्र र राष्ट्रिय राजनीतिका बिषयमा लिने अडान र निर्णयबारे बिरोध समेत हुने गरेको थियो । कोईरालाको जन्म १९८१ साल असार १८ गते भारत विहारको सहरसा जिल्लाको टेडीमा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ