५५ जिल्लाका अध्यक्षको समर्थनसहित शेखर गोल्छाले गरे उम्मेद्वारी घोषणा

५५ जिल्लाका अध्यक्षको समर्थनसहित शेखर गोल्छाले गरे उम्मेद्वारी घोषणा

  • आइतवार, चैत्र ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी आसन्न निर्वाचनका लागि शेखर गोल्छाले बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
अहिलको कार्यकालमा एसोसिएटतफएका उपाध्यक्ष रहेका गोल्छाले आइतबार बुटवल पुगेर औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको गोल्छाको उम्मेद्वारी घोषणासभामा ३ सयभन्दा बढी व्यवसयाहरु उपस्थित छन् । गोल्छालाई समर्थन जनाउँदै देशभरबाट ५५ जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्वअध्यक्षहरु उम्मेद्वारी घोषणा सभामा उपस्थित भएका छन् ।
गोल्छाको उम्मेद्वारीलाई समर्थन जनाउँदै महासंघका अहिलेका अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष भवानी राणा र पूर्वअध्यक्ष चण्डीराज ढकाल, रविभक्त श्रेष्ठ लगायतका व्यवसायीहरु बुटवल पुगेका छन् ।
गोल्छाको उम्मेद्वारीमा समर्थन गर्न कार्यक्रम आयोजना गरेका बुटवल वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले शेखर गोल्छा लाई पुर्ण समर्थन रहने घोषणा गरे । उनले शेखर र भवानी राणाको नेतृत्वले महासंघलाई उच्चस्थानमा पुर्याउने दाबी गरे ।
‘भवानी, शेखर, चन्द्र, उमेश, दिनेश र ज्ञानेन्द्र जस्तो व्यक्ति भएको कारण हाम्रो समर्थन यो टिमलाई भएको हो’ उम्मेदवारी घोषणा कार्यक्रममा सिंहले भने, ‘ यस क्षेत्रको अग्रणी बुटवल संघले महासंघ बलियो भएको हेर्न चाहन्छ ।’
चन्डी ढकालले गोल्छा परिवारले महासंघलाई धेरै दिएको बताउँदै अब महासंघले गोल्छा परिवारलाई दिने बेला आएको बताए ।
‘ हुलासचन्द, महेन्द्र र दिवाकर गोल्छा बिर्षन हुँदैन,’ ढकालले भने,‘ बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा सबैभन्दा उपयुक्त व्यक्ति हो।’
उनले महासंघको नेतृत्वलाई खारिने मौका दिन बरिस्ठ लाई स्वतं अध्यक्ष बनाउने निस्कर्षमा पुगेर विधान संसोधन गरेको बताए ।
अहिलेको पशुपति मुरारकाको कार्यकाल पछिल्लो समयकै उत्कृष्ट भएको भन्दै ढकालले उनको जस्तो पर्फरमेन्स दिन अब आउने नेतृत्वलाई चुनौतीपूर्ण रहेको दाबी गरे ।
गोल्छाको समूहबाट एशोसिएट तर्फ उपाध्यक्षको उम्मेद्वारी दिन लागेका चन्द्र ढकालले महासंघको सचिवालय परिवर्तन पहिलो प्रयास हुने दाबी गरे ।
‘श्रम कानुन परित र कार्यान्वयन मेरो प्रथमिकतामा हुने छ’,ढकालले भने,‘ व्यवसायीक विकासमा नीतिगत व्यवस्था गर्न सरकार सँग लबिङ गर्ने छु।’
गोल्छाकोे प्यानलबाट कोषाध्यक्षको उम्मेद्वार बनेका ज्ञानेन्द्रलाल प्रधानले सहकार्यको लागि आफुले उपाध्यक्षको पद छाडेर कोषाध्यक्षमा उम्मेद्वारी दिएको बताए ।
गोल्छाकै प्यानलबाट बस्तुगतबाट उपाध्यक्षको उम्मेद्वारी दिन लागेका उमेशलाल श्रेष्ठले आर्थिक सम्बृद्धिको लागि उत्साहको साथ उम्मेद्वारी दिन लागेको बताए । उनले आफुले अध्यक्ष भवानी राणाको कार्यकाल सफल बनाउनको लागि उम्मेद्वारी दिन लागेको बताए ।

कसले के भने ?
गोल्छाको उम्मेद्वारीमा समर्थन गर्न कार्यक्रम आयोजना गरेका बुटवल वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले शेखर गोल्छा लाई पुर्ण समर्थन रहने घोषणा गरे । उनले शेखर र भवानी राणाको नेतृत्वले महासंघलाई उच्चस्थानमा पुर्याउने दाबी गरे ।
भवानी, शेखर, चन्द्र, उमेश, दिनेश र ज्ञानेन्द्र जस्तो व्यक्ति भएको कारण हाम्रो समर्थन यो टिमलाई भएको हो’ उम्मेदवारी घोषणा कार्यक्रममा सिंहले भने, ‘ यस क्षेत्रको अग्रणी बुटवल संघले महासंघ बलियो भएको हेर्न चाहन्छ ।’
चन्डी ढकालले गोल्छा परिवारले महासंघलाई धेरै दिएको बताउँदै अब महासंघले गोल्छा परिवारलाई दिने बेला आएको बताए ।
‘ हुलासचन्द, महेन्द्र र दिवाकर गोल्छा बिर्षन हुँदैन,’ ढकालले भने,‘ बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा सबैभन्दा उपयुक्त व्यक्ति हो।’उनले महासंघको नेतृत्वलाई खारिने मौका दिन बरिस्ठ लाई स्वतं अध्यक्ष बनाउने निस्कर्षमा पुगेर विधान संसोधन गरेको बताए ।
अहिलेको पशुपति मुरारकाको कार्यकाल पछिल्लो समयकै उत्कृष्ट भएको भन्दै ढकालले उनको जस्तो पर्फरमेन्स दिन अब आउने नेतृत्वलाई चुनौतीपूर्ण रहेको दाबी गरे । गोल्छाको समूहबाट एशोसिएट तर्फ उपाध्यक्षको उम्मेद्वारी दिन लागेका चन्द्र ढकालले महासंघको सचिवालय परिवर्तन पहिलो प्रयास हुने दाबी गरे ।
‘श्रम कानुन परित र कार्यान्वयन मेरो प्रथमिकतामा हुने छ’,ढकालले भने,‘ व्यवसायीक विकासमा नीतिगत व्यवस्था गर्न सरकार सँग लबिङ गर्ने छु।’गोल्छाको प्यानलबाट कोषाध्यक्षको उम्मेद्वार बनेका ज्ञानेन्द्रलाल प्रधानले सहकार्यको लागि आफुले उपाध्यक्षको पद छाडेर कोषाध्यक्षमा उम्मेद्वारी दिएको बताए ।
गोल्छाकै प्यानलबाट बस्तुगतबाट उपाध्यक्षको उम्मेद्वारी दिन लागेका उमेशलाल श्रेष्ठले आर्थिक सम्बृद्धिको लागि उत्साहको साथ उम्मेद्वारी दिन लागेको बताए । उनले आफुले अध्यक्ष भवानी राणाको कार्यकाल सफल बनाउनको लागि उम्मेद्वारी दिन लागेको बताए ।
गोल्छाको प्यानलबाट जिल्ला तथा नगरबाट उपाध्यक्षको उम्मेद्वारी दिएका दिनेश श्रेष्ठले नयाँ जिम्मेवारीमा खरो रुपमा उत्रन नसकेमा पद छाड्न तयार रहेको बताए ।
‘जिल्ला, बस्तुगत जे बाट आएपनि म महासंघको काममा बुद्दि र बिवेकले काम गर्ने छु’,उनले भने,‘ जिल्लाका साथीहरु र क्षमतावान हुनुहुन्छ र यसअघि जिल्लाबाट नेतृत्वमा पुग्नेले पदाधिकारी बनेर काम गरे ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी