आइजिपी नियुक्ति सम्बन्धी विवादमा सर्वोच्चले आज अन्तिम सुनुवाई गर्दै

आइजिपी नियुक्ति सम्बन्धी विवादमा सर्वोच्चले आज अन्तिम सुनुवाई गर्दै

  • आइतवार, चैत्र ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ ६ चैत्र ।
आइजिपी नियुक्ति सम्बन्धी विवादमा सर्वोच्च अदालतले आज अन्तिम सुनुवाई गर्दैछ । प्रधानन्याधीश सुशीला कार्की सहितको पूर्ण इजलासमा आज अन्तिम सुनुवाईपछि मुद्दाबारे फैसला हुनेछ ।

मुद्दामा प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार भट्टराईको पूर्ण इजलासमा सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।

यसअघि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले पूर्ण इजलासमा सुनुवाई गर्ने निर्णय गरेको थियो ।

सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गरेपछि प्रहरी नायव महानिरीक्षक नवराज सिलवाल र अधिवक्ता कपिलदेव ढकालले दायर गरेका रिटमा रिटमा सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि प्रहरी अतिरिक्त महानिरिक्षक डाक्टर दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ