अमेरिकाका नौसेना प्रमुख ह्यारिस नेपाल आईपुगे

अमेरिकाका नौसेना प्रमुख ह्यारिस नेपाल आईपुगे

  • आइतवार, चैत्र ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ६ चैत्र ।
अमेरिका नौसेना प्रमुख ह्यारी बिन्क्ले ह्यारिस आज नेपाल आईपुग्नु भएको छ ।  नेपाली सेनाको आयोजनामा काभ्रेको पाँचखालमा भोलीदेखि हुने ‘शान्ति प्रयास’ नामक सैन्य अभ्यासको उद्घाटन कार्यक्रममा सहभागी हुन ह्यारिस नेपाल आउनुभएको हो ।

नेपाल संयुक्त सैन्य अभ्यासमा राष्ट्रसंघीय शान्ति सेनामा सहभागी २७ राष्ट्रले सहभगिता जनाउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम चैत २१ गतेसम्म जारी सन्चालन हुनेछ ।

तीन दिने नेपाल भ्रमणका क्रममा हृयारिसले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री प्रकाश शरण महत र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गर्नुहुनेछ ।

भेटमा नेपाल र अमेरिकाबीच सैन्य सहकार्य र सहयोगबारे छलफल हुने बताइएको छ । अमेरिकी नौसेनाका एडमाइरल ह्यारिस अमेरिकी सेनाको प्रभावशाली प्यासिफिक कमान्डका कमान्डर समेत हुनुहुन्छ ।

अमेरिकी नौसेना प्रमुखको भ्रमण लगत्तै आगामी चैत्र १० गते चिनियाँ रक्षामन्त्री चङ् वानछुन पनि नेपाल भ्रमणमा आउनु हुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ