नाङसालको ७५ औं नियमित साहित्यिक श्रृंखला सम्पन्न

नाङसालको ७५ औं नियमित साहित्यिक श्रृंखला सम्पन्न

  • आइतवार, चैत्र ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौ ६ चैत्र ।
नाङसाल क्लब नेपालको ७५ औं नियमित साहित्यिक कार्यक्रम हिजो राजधानीमा सम्पन्न भएको छ । क्लबले प्रत्येक महिनाको पहिलो शनिबार नियमित रुपमा साहित्यक श्रृंखला सन्चालन गर्दै आएको छ ।

राजधानीको प्रदर्शनी मार्गस्थित आर आर क्याम्पसमा भएको कार्यक्रममा तामाङ समुदायका क्रियाशिल साहित्यकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा तामाङ वरिष्ठ साहितयकार योगेश राल्फाली, गजलकार गोले केआर चालिसेली, राम बी लामा लाग्र्युङ, ढक बाहदुर घिसिङ, रेनुका गोले लगायतले साहित्यीक रचना बाचन गर्नुभएको थियो ।

यस्तै स्रष्टा धनकुमारी घिसिङ, संगिता थिङ तथा रन्जना मोक्तनको तामाङ चिनारी बोकेको फापरे ह्वाई प्रस्तुतीले कार्यक्रममा माहोल बनाएको थियो ।

लामो समयदेखि तामाङ भाषा साहित्य तथा तामाङ समुदायको उत्थानका लागि क्रियाशिल संस्था नाङ क्लब नेपालले नियमित साहित्य बाचनका साथै विभिन्न कार्यक्रमहरु पनि सन्चालन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी