चैत्र ५ काठमाण्डौं । अन्तराष्ट्रिय बाँदर दिवस २०१७ को उपलक्ष्मा वालाजु वाइसधारामा काठमाण्डौ उपत्यकाका विभिन्न स्कूलका विद्यार्थी शिक्षक र अीभभावक वीच फोटो प्रदर्शन मानव बाँदर द्धन्द्ध न्यूनिकरण संदेश एवं हास्यव्यङ्ग कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा विद्यार्थीहरुविच बाँदर संरक्षणका बारेमा निवन्ध चित्रकला प्रतियोगिता गराइ उत्कृष्ठलाई पुरस्कार वितरण गरीनुका साथै आगन्तुहरुमाझ पनि बाँदर सम्बन्धी विभिन्न प्रश्नहरु सोधि सही उत्तर मिलाउनेलाइ पुरस्कार दिइएको थियो । हरियाली रक्षक नेपालले गत वर्षदेखि नेपालमा बाँदर दिवस मनाउदै आएको छ ।
यस सस्थाका बाँदर सम्बन्धि अध्ययनकर्ता एवं सस्थाका अध्यक्ष विश्वनाथ रिजालका अनुसार हाम्रा वनजङ्गलका प्राकृतिक वासस्थानमा रमाएका र प्राकृतिक खानामै सन्तुष्ट भएका स्वस्थ बाँदरको अवस्था सृजनागर्न एवं बाँदर मानव द्धन्द्ध न्यूनिकरणका लागि योकार्यक्रमको आयोजना गरिएको वताउनुभयो ।
साथै उक्त कार्यक्रममा सन्देशमूलक पोष्टर प्रदर्शन गरिएको थियो ।
