सरकारले पाँच उपमहानगरसहित १ सय ७३ नगरपालिकामा कार्यकारी अधिकृत खटायो

सरकारले पाँच उपमहानगरसहित १ सय ७३ नगरपालिकामा कार्यकारी अधिकृत खटायो

  • शनिबार, चैत्र ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ५ चैत्र । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ संरचना अनुसार कायम पाँच उपमहानगर सहित मुलुकभरका १ सय ७३ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ । चार सय ८१ गाउँपालिकामा कार्यकारी अधिकृत तोकिएको एक दिन पछि नै मन्त्रालयले थप स्थानमा समेत अधिकृत तय गरेको हो ।

गाउँपालिकाको जिम्मा अधिकृत स्तरका कर्मचारीलाई दिएपनि उपमहानगर र नगरपालिकामा उपसचिवस्तरका कर्मचारीले कार्यभार सम्हाल्नेछन् भने चार वटा महानगरपालिकामा भने सहसचिव स्तरका कर्मचारी खटाउने मन्त्रालयले जनाएको छ ।

स्थानीय बिकास मन्त्रालयले १३ वटा उपमहानगरमध्ये जनकपुर, जीतपुर–सिमरा, कलैया, बुटवल र नेपालगञ्ज गरी पाँच वटा उपमहानगरपालिकामा कार्यकारी अधिकृत तोकेको हो । यस्तै २ सय ४६ वटा नगरपालिका मध्ये पहिलो चरणमा १ सय ७३ वटामा मात्र अधिकृत तोकिएको मन्त्रालयद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले ४ महानगर तथा बांकी रहेका ८ वटा उपमहानगर र बाँकी नगरपालिकामा पनि चाँडै कार्यकारी अधिकृत निर्धारण गर्ने बताएको छ । अहिले प्रदेश नम्बर दुईका तीन र पाँचका दुई वटा उपमहानगरपालिकामा मात्र कार्यकारी अधिकृत निर्धारण गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश नम्बर एक अन्तरगत १४ जिल्लाका २९ नगरपालिका, प्रदेश नम्बर दुई अन्तरगत ८ जिल्लाका २२ नगरपालिका र प्रदेश नम्बर तीनका ११ जिल्लाका ३१ नगरपालिकामा अधिकृत खटिएका छन् ।

प्रदेश नम्बर चार अन्तरगत ७ जिल्लाका २६ नगर, पाँच अन्तरगत ९ जिल्लाका २३ नगर, छ अन्तरगत ९ जिल्लाका १९ नगर र सात अन्तरगत ८ जिल्लाका २३ नगरपालिकामा समेत कार्यकारी अधिकृतको ब्यवस्था भएको उपसचिव भरतकुमार शर्माले बताउनुभयो ।

मन्त्रालयले स्थानीय तह निर्वाचनका लागि आवश्यक कामकारवाही गर्नुपर्ने भएको भन्दै कुनै बिलम्ब नगरी तोकिएको स्थानमा हाजिर हुन सम्पूर्ण कार्यकारी अधिकृतलाई निर्देशन समेत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ