छुरा प्रहारबाट एक जनाको मृत्यु

छुरा प्रहारबाट एक जनाको मृत्यु

  • शनिबार, चैत्र ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

धरान, चैत ५।
सुनसरीको धरान–१५ स्थित दुई समूह बिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय भक्त राई रहेका छन् ।

उनको सोही स्थानका ५ जना युवाहरुले आज विहान छुरा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

भक्तलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । उनको शुक्रराज राईको समूहले हत्या गरेको प्रहरीले बताएको छ ।

छुरा प्रहार गर्ने समूहका नाइके शुक्रलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रको दायाँ हातको बुढी औलामा काटेको छ । हत्यामा संलग्न हुक्के तामाङ, राजन विक, राजु राई, बिक्रम परियार फरार रहेका छन् ।

के कारणले छुरी प्रहार गरेको हो भन्ने बारे भने खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ