भारत पुगेका ३३ नेपाली बालबालिकाको उद्धार

भारत पुगेका ३३ नेपाली बालबालिकाको उद्धार

  • शनिबार, चैत्र ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, चैत ५ ।
केन्द्रीय बालकल्याण समितिले भारतको बिहार राज्य अन्तगर्तको विभिन्न बालगृहमा रहेको ३३ जना नेपाली बालबालिकाको उद्धार गरेको छ । समितिले आज राजधानीमा पत्रकार सम्मेलन गरी उद्दार गरिएका बालबालिकालाई सार्वजनिक गरेको हो ।

उद्धार गरिएका बालबालिकामा रौतहट, काभ्रे, बाँके, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, कञ्चनपुर, बारा, सिरहा, सर्लाही, धनुषा लगायतका जिल्लाका रहेका छन् । बालमजदुरको रुपमा काम गर्दै आएका उनीहरुलाई भारतको सेवा संकल्प र निर्देश बालगृहको सहयोगमा उद्धार गरिएको हो ।

खुला सिमानाका कारण घरेलु कामदारमा लगाउन ललाईफकाई बालबालिका भारत पु¥याइने गरेको बालकल्याण समितिले जनाएको छ । समितिले भारतका विभिन्न शहरमा नेपाली बालबालिका मजदुरको रुपमा काम गरिरहेको जानकारी पाएपछि अनुसन्धान गरेको थियो ।
उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाउने बालकल्याण समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ