छरिएर रहेको पुँजीलाई एकीकृत गरि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने

छरिएर रहेको पुँजीलाई एकीकृत गरि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने

  • शुक्रबार, चैत्र ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, ४ चैत । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले छरिएर रहेको पुँजीलाई एकीकृत गरि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ ।

नागरिक लगानी कोषको २७ औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उहाँले लामो सङक्रमणपछि देशले आर्थिक समृद्धि खोजेको भन्दै छरिएको पुँजीलाई एकीकृत गर्नसके पुँजी बजारको विकास भई देश समृद्धिको दिशामा अघि बढ्ने उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री महराले कोषको रकमलाई विकास निर्माण र आर्थिक उत्पादकत्वको क्षेत्रमा लगानी गरि दिगो विकास हासिल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि उत्पादन क्षेत्रमा लगानी नहुँदा बैंकले तरलता भोग्नु परेको यथार्थलाई मध्यनजर गरी उत्पादनमूलक पूर्वाधार क्षेत्रमा लगानी अभिवृद्धि गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले कोषको दायरालाई फराकिलो बनाई पुँजी अभिवृद्धि गरि लगानी विकास निर्माणमा लगानी गर्नुपर्ने बताउनुभयो । कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने खाँचोलाई आत्मसाथ गरी कोषले सन् २०१६ देखि इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्टसँगको सहकार्यमा विप्रेषणलाई लगानी कोषको एकांक योजनामा ल्याई सो रकमलाई उत्पादनमुलक पूर्वाधारका क्षेत्रमा लगानी गर्ने गराउने वातावरण तयार पारेको जानकारी दिनुभयो ।

कोषमा आबद्ध पाँच लाख ७० हजारभन्दा बढी सेवाग्राहीमार्फत हाल कुल सञ्चय रु ८५ अर्ब र लगानी रु ८० अर्ब रहेको छ । कोषको कार्यलाई सहजता प्रदान गर्न काठमाडौँ केन्द्रित कारोवारलाई विकेन्द्रीकृत गर्दै पोखरा र विराटनगरमा शाखा कार्यालय सञ्चालन गरिरहेकामा थप शाखा सञ्चालन गर्ने कार्य अगाडि बढाइएको कोषले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी