रुकुम मुरुमा दुर्घटना ,एकको मृत्यु

रुकुम मुरुमा दुर्घटना ,एकको मृत्यु

  • शुक्रबार, चैत्र ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

सल्यान, ४ चैत । रुकुम मुरु गाविस– २ मा ट्याक्टर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा १९ वर्षीय भीमबहादुर सिपाइली रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका सिपाइलीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यान खलङ्गाबाट श्रीनगर जाँदै गरेको रा १ त १८८९ नं को ट््याक्टर बिहीबार बेलुकी खलङ्गा नजिकै दुर्घंटना भएको थियो । सडकबाट झन्डै दुई सय मिटर तल ट्याक्टर खसेको थियो ।

दुर्घटनामा घाइते भएका ट्याक्टर चालक सल्यान शारदा नगरपालिका– २ का २७ वर्षीय हरि नेपालीको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । दुर्घटना के कति कारणले भएको खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ