झापामा आज आँखा उपचार सम्बन्धी सम्मेलन हुदै

झापामा आज आँखा उपचार सम्बन्धी सम्मेलन हुदै

  • बिहिबार, चैत्र ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

झापा, ३ चैत ।

झापाको बिर्तामोडमा आजदेखि आँखा रोग विशेषज्ञहरुको त्रिदिवसीय राष्ट्रिय सम्मेलन हुने भएको छ ।

मेची आँखा अस्पतालको आयोजनामा हुने सम्मेलनमा नेपालभरिका एक सय ८० र भारतका १० नेत्र रोग विशेषज्ञको सहभागिता रहने आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा पुरुषोत्तम जोशीले जानकारी दिनुभयो ।

सम्मेलनमा नेपाल र भारतका ख्यातिप्राप्त चिकित्सकको खोज तथा अनुसन्धान– आविष्कारमाथि छलफल हुनुका साथै बिभिन्न प्रमाणित तथ्यहरुका बारेमा कार्यपत्र प्रस्तु हुनेछ ।

आयोजक समितिका अध्यक्ष डा जोशीका अनुसार सम्मेलनमा एक सय पाँच विशेषज्ञले आफ्नो प्रस्तुति दिनेछन् ।

कार्यक्रममा १९ औँ नेपाल अफ्थाल्मिक सोसाइटी कन्फरेन्स र ११ औँ इस्टर्न रिजनल अफ्थाल्मिक कन्फरेन्स पनि हुने अस्पतालका प्रशासकीय प्रमुख सुरज रौनियरले जानकारी दिनुभयो ।
सम्मेलन बिर्तामोड घोषणापत्र जारी गगर्दै सकिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी