काठमाडौँ, ३ चैत ।
नेपालका वरिष्ठ चरा कलाकार हिरालाल डङ्गोल पेटसम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएको छ ।
बुधवार अचानक अस्वस्थ भएपछि भक्तपुर क्यान्सर अस्पताल भर्ना भएर उपचार गराईरहनुभएके छ ।
डङगोल नेपाली चराहरुको मात्र विषय लिएर पाँच दशकदेखि निरन्तर कला सिर्जना गरिरहनुभएको छ । नेपालमा पाइने चरासम्बन्धी विशेष अध्ययन गरेर डा फ्लेमिङ, कलाकार लैनसिँह बाङ्देल र हेम पौडेलसँग काम गर्दा उहाँले ‘वर्डस अफ नेपाल’ शीर्षक चरासम्बन्धी कृति(पहिलो पुस्तक)मा कैयौँ कला रचना गर्नुभएको कलाकार शान्तकुमार राईले जानकारी दिनुभयो ।
हालै उहाँ र उहाँका परिवारका सदस्यको चरासम्बन्धी चित्र प्रदर्शनी पनि सफलतापूर्वक सम्पन्न भएको थियो । उहाँले अमेरिका, जापान, बेलायत लगायत देशमा दर्जनौँ पटक एकल र सामूहिक कला प्रदर्शनी गरिसक्नुभएको छ ।
आधुनिक कलाकार समाज (सोमा)का अध्यक्ष शङ्करराजसिंह सुवालले प्रेस विज्ञप्ति जारी गरी बयोधा अस्पतालमा केही दिनको उपचारपछि भक्तपुर अस्पतालमा शनिबारदेखि उपचाररत सोमाका सक्रिय सदस्य डङ्गोलको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।