खेती योग्य बन्यो खोलाले कटान गरेको जमीन

खेती योग्य बन्यो खोलाले कटान गरेको जमीन

  • बुधबार, चैत्र २, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

रुद्र खड्का ,सिन्धुली, १ चैत । सिन्धुलीका विभिन्न नदि तथा खोलाहरुले कटान गरेर बगरमा परिणत भएको जमिलाई पुन खेतियोग्य वनाइएको छ । जलउत्पन्न प्रकोष कार्यालय जनकपुरको सहयोगमा विभिन्न नदि तथा खोलाहरुमा तटवन्द भए पछि बगरमा परिणत भएको जग्गा खेतियोग्य भएको हो ।
जलउत्पन्न प्रकोष नियन्त्रण कार्यालय जनकपुरले मझौला नदि नियत्रण कार्यक्रम अन्तरगत सिन्धुलीको कमला नदिमा १४, मरिन नदी नियन्त्रण १२, तावा नदी नियन्त्रण २, चदाहा खोला नियन्त्रण २ स्थान र सुनकोशी नदी नियन्त्रण कुशेश्वरधाम संरक्षणमा २ स्थानमा गरे पछि  ५ सय हेक्टर खेतियोग्य जमिन संरक्षण भएको छ । जलउत्पन्न प्रकोष नियन्त्रण कार्यालयको कुल ३ करोड १० लाख आर्थिक लागतमा ५ सय हेक्टर जमिनलाई खेतियोग्य बनाइएको छ । बगरलाई खेतियोग्य जमिन बनाइएपछि करिब १ हजार २ सय घर परिवार लावान्दीत हुने डिभिजन कार्यालयले जनाएको छ ।

मरिण खोलाले बर्षेनी खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गरिरहेकोमा यस वर्ष जलउत्पन्न प्रकोष नियन्त्रण कार्यालयको तटबन्द कार्याक्रमले करिब १ सय हेक्टर क्षेत्रफल खेतियोग्य जमिनि संरक्षण हुने महादेवस्थान  देवघाट दोवान मरिनखोला नियन्त्रण समितिका अध्यक्ष भिमबहादुर माझीले बताए  । मरिण क्षेत्रमा हरेक वर्ष सयौं हेक्टर खेतियोज्य समिन मरिणखोलाले कटान गदैए आएको थयो । मरिण क्षेत्रको खेतियोग्य जमिन र घर बस्ति संरक्षणको लागि १२ स्थानमा ८ सय ७९ ओटा जालि तटबन्दको लागि जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले दिएको अध्यक्ष माझीले जानकारी दिए । उनका अनुसार करिब ५ सय हेक्टर खेतियोग्य जमिन पुन खेतियोग्य हुन थालेको छ ।

मरिण क्षेत्रको खेतियोग्य जमिन संरक्षणको लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले ६० लाख बजेट उपलब्ध गराएको थियो । त्यस्तै कमला नदी नियन्त्रण १४ ओटा कार्यक्रम अन्तरगत १ हजार ८८ ओटा जालिको लागि ८० लाख बजेट उपलब्ध गराएको छ । कमला नदिले हरेक वर्ष करिब ५ सय हेक्टर भन्दा वढी खेतियोग्य जमिनि बगरमा परिणत गर्ने गरेको थियो ।
नदिमा तटबन्द गरे पछि यस वर्षबाट खेतियोग्य जमिन कटानको समस्या टरेको भन्दै स्थानीय हर्षित भएका छन् । तटबन्द कार्यक्रम पुरा भए थप करिब ३ सय घरधुरी लावान्दीत हुने स्थानीयहरु वताउछन् । सिन्धुलीमा रहेका ठूला तथा मझौला नदिले खेतियोग्य जमिन कटान गर्ने समस्या रहेका स्थानहरुलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गरिएको डिभिजन कार्यालयका इन्जिनियर सुदानन्द झाले वताउनुभयो । स्थानीयको माग अनुसार प्राविधिक, आर्थिक सामाजिक र वातावरणीय अवस्थाको अवलोकन गरेर कार्यक्रम सञ्चालन गर्न स्थानीय समुदायलाई सहयोग गर्ने गरिएको इन्जिनियर झाले बताए ।k

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी