रुद्र खड्का ,सिन्धुली, १ चैत । सिन्धुलीका विभिन्न नदि तथा खोलाहरुले कटान गरेर बगरमा परिणत भएको जमिलाई पुन खेतियोग्य वनाइएको छ । जलउत्पन्न प्रकोष कार्यालय जनकपुरको सहयोगमा विभिन्न नदि तथा खोलाहरुमा तटवन्द भए पछि बगरमा परिणत भएको जग्गा खेतियोग्य भएको हो ।
जलउत्पन्न प्रकोष नियन्त्रण कार्यालय जनकपुरले मझौला नदि नियत्रण कार्यक्रम अन्तरगत सिन्धुलीको कमला नदिमा १४, मरिन नदी नियन्त्रण १२, तावा नदी नियन्त्रण २, चदाहा खोला नियन्त्रण २ स्थान र सुनकोशी नदी नियन्त्रण कुशेश्वरधाम संरक्षणमा २ स्थानमा गरे पछि ५ सय हेक्टर खेतियोग्य जमिन संरक्षण भएको छ । जलउत्पन्न प्रकोष नियन्त्रण कार्यालयको कुल ३ करोड १० लाख आर्थिक लागतमा ५ सय हेक्टर जमिनलाई खेतियोग्य बनाइएको छ । बगरलाई खेतियोग्य जमिन बनाइएपछि करिब १ हजार २ सय घर परिवार लावान्दीत हुने डिभिजन कार्यालयले जनाएको छ ।
मरिण खोलाले बर्षेनी खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गरिरहेकोमा यस वर्ष जलउत्पन्न प्रकोष नियन्त्रण कार्यालयको तटबन्द कार्याक्रमले करिब १ सय हेक्टर क्षेत्रफल खेतियोग्य जमिनि संरक्षण हुने महादेवस्थान देवघाट दोवान मरिनखोला नियन्त्रण समितिका अध्यक्ष भिमबहादुर माझीले बताए । मरिण क्षेत्रमा हरेक वर्ष सयौं हेक्टर खेतियोज्य समिन मरिणखोलाले कटान गदैए आएको थयो । मरिण क्षेत्रको खेतियोग्य जमिन र घर बस्ति संरक्षणको लागि १२ स्थानमा ८ सय ७९ ओटा जालि तटबन्दको लागि जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले दिएको अध्यक्ष माझीले जानकारी दिए । उनका अनुसार करिब ५ सय हेक्टर खेतियोग्य जमिन पुन खेतियोग्य हुन थालेको छ ।
मरिण क्षेत्रको खेतियोग्य जमिन संरक्षणको लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले ६० लाख बजेट उपलब्ध गराएको थियो । त्यस्तै कमला नदी नियन्त्रण १४ ओटा कार्यक्रम अन्तरगत १ हजार ८८ ओटा जालिको लागि ८० लाख बजेट उपलब्ध गराएको छ । कमला नदिले हरेक वर्ष करिब ५ सय हेक्टर भन्दा वढी खेतियोग्य जमिनि बगरमा परिणत गर्ने गरेको थियो ।
नदिमा तटबन्द गरे पछि यस वर्षबाट खेतियोग्य जमिन कटानको समस्या टरेको भन्दै स्थानीय हर्षित भएका छन् । तटबन्द कार्यक्रम पुरा भए थप करिब ३ सय घरधुरी लावान्दीत हुने स्थानीयहरु वताउछन् । सिन्धुलीमा रहेका ठूला तथा मझौला नदिले खेतियोग्य जमिन कटान गर्ने समस्या रहेका स्थानहरुलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गरिएको डिभिजन कार्यालयका इन्जिनियर सुदानन्द झाले वताउनुभयो । स्थानीयको माग अनुसार प्राविधिक, आर्थिक सामाजिक र वातावरणीय अवस्थाको अवलोकन गरेर कार्यक्रम सञ्चालन गर्न स्थानीय समुदायलाई सहयोग गर्ने गरिएको इन्जिनियर झाले बताए ।k