आज विश्व उपभोक्ता अधिकार दिवस मनाइदै

आज विश्व उपभोक्ता अधिकार दिवस मनाइदै

  • बुधबार, चैत्र २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ २ चैत्र ।
आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । हरेक वर्ष मार्च १५ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारा सबै उपभोक्रले विश्वास गर्न सक्ने डिजिटिल बजारको निर्माण भन्ने तय गरिएको छ । दिवसका अवसरमा आपूर्ति मन्त्रालयले आज विषेश कार्यक्रमको आयोजना गरेको छ ।

पछिल्लो समय डिजिटल बजारको अवसर र चुनौतीलाई आत्मासात गर्दै विभिन्न कार्यक्रम सन्चालन भइरहेपनि प्रभावकारी कार्यन्वयनको अभावमा उपभोक्तहरु ठगिने गरेको गुनासोहरु बढ्दै गएको छ ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनाम विश्वभर यो दिवस मनाइन्छ ।

संयुक्त राष्ट्रसंघबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ ।

उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ