काभ्रेको गहतेमा ल्होछार कार्यक्रम सम्पन्न (फोटोसहित)

काभ्रेको गहतेमा ल्होछार कार्यक्रम सम्पन्न (फोटोसहित)

  • बुधबार, चैत्र २, २०७३
  • मिर्मिरे अनलाइन

  • 47.6K
    SHARES

काठमाडौ २ चैत्र ।
२१४४ औं ग्यल्बो ल्होछारका अवसरमा काभ्रेको गहतेमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

हालै कायम नमोबुद्ध नगरपालिका वडा नम्बर ९ अन्तरगत गहते डिहीको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा राष्ट्रिय रुपमा चर्चित कलाकारहरुको बेजोड सांगितिक प्रस्तुति रहेको थियो ।

कांग्रेस नेता तथा व्यवस्थापिका संसदका प्रतिनिधि तीर्थ तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र नमोबुद्ध नगरप्रमुख तथा समाजसेवी रत्न लामा लगायत विभिन्न राजनितिक दलका नेता तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।

सोमबार सम्पन्न कार्यक्रममा राष्ट्रिय रुपमा ख्याती प्राप्त गायक विजय लामा, जीतु लोप्चन, प्रयास दोङको बेजोड प्रस्तुतीले सांगितिक माहोल बनेको थियो ।

यस्तै नव गायक अर्जुन लामा, बुद्ध घिसिङ, एक्सन लामा, अशोक मोक्तन लगायत स्थानीय कलाकारहरुको पनि कार्यक्रममा प्रस्तुती रहेको थियो भने हाँस्यकलाकार प्रताप हुँमागाईको हाँस्य व्यङ्ग्यात्मक प्रस्तुतीले दर्शकलाई पेट मिचीमिची हसाउँन सफल भएको थियो ।

कार्यक्रममा स्थानीय कलाकारहरुको नृत्य प्रस्तुती समेत रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले आफ्नो भाषा धर्म र संस्कृति संरक्षणका लागि स्थानीय युवाले गरेको पहलको प्रसंशा गर्दै यसलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी