खुद्रा पसलबाट सूर्तीजन्य पदार्थ बेच्न नपाइने

खुद्रा पसलबाट सूर्तीजन्य पदार्थ बेच्न नपाइने

  • बुधबार, चैत्र २, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ, चैत २ ।
खुद्रा पसलबाट सूर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने भएको छ ।  मङ्गलबारदेखि सरकारले जुनसुकै स्थानबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो ।  सूर्तीजन्य पदार्थ बिक्री वितरणका लागि आन्तरिक राजस्व कार्यालयबाट छुट्टै इजाजतपत्र लिनुपर्ने हुन्छ ।  साथसाथै सूर्तीजन्य पदार्थ बिक्री गर्ने पसलसमेत अलग्गै हुनुपर्नेछ ।

गत माघको मन्त्रिपरिषद् बैठकले सूर्तीजन्य पदार्थको बिक्री वितरणलाई व्यवस्थित र मर्यादित गर्न चैत १ गतेदेखि सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को दफा ११ को उपदफा ६ कार्यान्वयन ल्याउने निर्णय गरेको थियो ।  सोअनुसार अब १८ वर्ष नपुगेका व्यक्ति सूर्तीजन्य पदार्थ खरीदबिक्रीमा सहभागी हुन पाउने छैनन् ।
यस्तै गर्भवती महिलाले समेत खरीद बिक्री गर्न पाउने छैनन् ।  सूर्तीजन्य पदार्थको बिक्री वितरण गर्ने पसलमा त्यसका लागि ३० सेन्टिमिटर लम्बाइ र २० सेन्टिमिटर चौडाइ भएको सूचना पाटी राख्नुपर्नेछ ।  स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. भोला श्रेष्ठले शिक्षण, स्वास्थ्य संस्था, बालगृह, शिशुस्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा तोकिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर पसलबाट समेत बिक्री वितरण गर्न नपाउने जानकारी दिनुभयो ।
पूर्ण रूपमा कार्यान्वयन हुन केही समय लाग्ला, डा. श्रेष्ठले भन्नुभयो– गृह प्रशासनलगायतका अन्य निकायसँग मिलेर पनि कार्यान्वयन गरिनेछ ।  श्रेष्ठले ऐन कार्यान्वयन गर्ने निकाय स्थानीय प्रशासन रहेको र सहायक प्रजिअ त्यसका सम्पर्क व्यक्ति रहेको भन्दै त्यसका लागि स्वास्थ्यले समन्वयको भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी