नेपालको पानी जनताको लगानी का लागि चार अर्ब बढीको प्रतिबद्धता

नेपालको पानी जनताको लगानी का लागि चार अर्ब बढीको प्रतिबद्धता

  • बुधबार, चैत्र २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौँ, १ चैत । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्रालयले अगाडि सारेको अभियानमा हालसम्म रु चार अर्ब चार करोड बराबरको प्रतिबद्धता प्राप्त भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २९ हजार २८४ जनाले लगानीका लागि प्रतिबद्धता जनाएका छन् । व्यक्तिगत रुपमा रु तीन अर्ब ३८ करोड २४ लाख ४२ हजार ८२५ लगानी गर्ने प्रतिबद्धता आएको छ ।

यस्तै कुल ३८ कम्पनी तथा सङ्घसंस्थाले रु ६५ करोड ८१ लाख ७५ हजार बराबरको प्रतिबद्धता जनाएका छन् । हालसम्म प्राप्त भएको प्रतिबद्धताअनुसारको रकमबाट १०० मेगावाटदेखि १५० मेगावाटसम्मको आयोजना निर्माण गर्न सकिने ऊर्जा मन्त्रालयले जनाएको छ ।

लगानीको प्रतिबद्धता जनाउन र मुलुक निर्माणको महाअभियानमा सहभागी हुन ऊर्जा मन्त्रालयले आम नागरिक तथा सङ्घसंस्थालाई आग्रह गरेको छ ।

मन्त्रालयले केही दिनभित्रै एउटा आयोजना छनोट गर्ने र अझै ठोस रुपमा लगानी परिचालन गर्ने तयारी गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी