चैत्र २ काठमाण्डौं । बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी नेपालमा शुरुमा आकर्षित भएर होमिए पनि अहिले असहमति जनाउदै पार्टी परित्याग गर्नेको संख्या बढ्दो छ ।
यसै मेसोमा पूर्व अर्थ सचिव रामेश्वर बोहराले पनि सो पार्टी परित्याग गरेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत पार्टीमा नरहेको घोषणा गरेका छन् ।
बुझिए अनुसार केही दिन अघि निर्मल भट्टराईको नेतृत्वमा सयोजक बाबुराम भट्टराई विरुद्ध उत्रिएको समुहले अलग भेला चलाईरहेका बेला त्यसै समुहमा मिसिने कि नमिस्सिने बारेमा समेत खनालले छलफल गरेका थिए ।
सो सानो समुह पनि खनाल सहितलाई लिएर बाबुरामलाई दवाव दिने र नभए अलग पार्टी गठनको तयारीमा लागेको थियो ।
तर खनाल आफै बाहिरिए पछि पनि सो समुह भने सेलाएको छैन ।
चुनाव विरुद्ध उपेन्द्र यादवसगँ मिलेर विज्ञप्ति दिए पछि थुप्रै केन्द्रीय परिषद् सदस्यहरु असन्तुष्ट बनेका छन् । उनीहरुले अलग्गै पार्टी बनाउने भन्दै कतिपय जिल्लामा समानान्तर समिति बनाउन थालेको बुझिएको छ ।