काठमाडौं, चैत १ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई आज भारत जाँदै हुनुहुन्छ ।
इण्डिया फाउन्डेसनले दिल्लीमा मार्च १४ देखि १६ सम्म आयोजना गर्ने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मासहभागी हुन आज अपरान्हसाढे तीन बजे त्यसतर्फ जान लाग्नुभएके हो ।
उहाँले कन्फरेन्स अन्तरगत १५ मार्चमा हुने ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुहुने जनाइएको छ ।
यस्तै भारत बसाईका क्रममा १९ मार्चमा उहाँ नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएके छ ।
त्यस्तै दिल्लीमा रहेका नेपालीहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नुका साथै भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम रहेको नयाँ शक्तिले जनाएको छ ।