पुनर्निर्माणमा थप सहयोग बिस्तार गर्न बिश्व बैंकलाई सिइओ पोखरेलको आग्रह

पुनर्निर्माणमा थप सहयोग बिस्तार गर्न बिश्व बैंकलाई सिइओ पोखरेलको आग्रह

  • मङ्लबार, चैत्र १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ ।  

विश्व बैंकले नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागी थप सहयोग बिस्तार गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलसंग नेपालमा भ्रमणमा रहेका विश्व बैंकका कार्यकारी निर्देशक एण्डिन ह्याडियान्तोले सोमवार भेटवार्ता गर्दै  थप सहयोगको प्रतिवद्धता जनाउनु भएको हो ।

भेटमा कार्यकारी निर्देशक ह्याडियान्तोले असल बिकास साझेदार संस्थाका रुपमा बिश्व बैंक नेपालको बिकासमा निकट सहयोगीका रुपमा काम गर्दै आएको भन्दै भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको सहयोगलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

उहाँले पुनर्निर्माणमा देखिएका चुनौतीवारे जिज्ञासा राख्दै बिश्व बैंकको सहयोगमा संचालित विभिन्न परियोजनालाई सफल बनाउन सरकारी सयन्त्रबीच थप समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । सो क्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले पुनर्निर्माणमा देखिएका चुनौतीलाई सामना गर्न बिकास साझेदार संस्थाको पनि महत्वपुर्ण भूमिका हुने बताउनुभयो ।

पोखरेलले भूकम्पले भत्किएका निजी आवास, शैक्षिक संस्था र स्वास्थ्य सेवासंग सम्बन्धित संरचनालाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । ह्याडियान्तोले अन्य केही मुलुकको उदाहरण दिदै नेपालमा संचालन हुने गरेका बिकास परियोजनाको गतिलाई तिव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पुनर्निर्माणको कुन क्षेत्रमा बढी सहयोग आवश्यक छ भन्ने जिज्ञासा राख्नुभयो, मैले ग्रामीण क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव र पुनर्निर्माणपछि जनताको जिविकोपार्जन र आर्थिक सम्बृद्धिका लागी सिप बिकास र क्षमता बिस्तार गर्ने कुरालाई जोड दिए पोखरेलले भन्नुभयो उहाँले सहयोग गर्ने बचन दिनुभएको छ ” ।

प्राधिकरणका सिइओ पोखरेलले सरकारी संयन्त्रमा हुने गरेका विभिन्न प्रक्रियागत कठिनाईले पुनर्निर्माणको काममा पनि ढिलाई भएकोप्रति समेत उहाँले चासो राखेको बताउनुभयो । कार्यकारी निर्देशक ह्याडियान्तोले पुननिर्माण कोष कार्यान्वयनमा भइरहेको ढिलाईप्रति समेत चासो राख्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी