काठमाडौं, चैत १ ।
विश्व स्तरमा पर्यटन प्रवद्धनमा सहयोग पुर्याउने उद्देश्यले काठमान्डौ उपत्यकामा आज फ्रान्सेली खाना महोत्सव हुँदैछ ।
फ्रान्सेली खाना महोत्सव नेपाल लगायत विश्वका विभिन्न मुलुकमा एकैपटक आयोजना हुने लागेको फ्रान्सका राजदूत इभ कार्मोनाले जानकारी दिनु भयो ।
तीन वर्षदेखि नेपालमा पनि आयोजना हुँदै आएको महोत्सव यसपटक होटल सोल्टी, होटल याक एन्ड यति, सिल्भर माउन्टेन र गेट कलेज तथा ला शेर्पाले नेपालमा नै उत्पादित सामग्रीबाट फ्रान्सेली खाना पस्कने जनाइएको छ ।
कार्मोनाले फ्रान्स र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको र नेपालको सामाजिक तथा आर्थिक विकासमा सक्दो सहयोग गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
महोत्सवबाट उठेको रकमको पाँच प्रतिशत मानवीय सेवामा क्रियाशील सामाजिक संस्थालाई प्रदान गरिने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline