आजदेखि यातायात व्यवस्था विभाग एकान्तकुनाले लिखित फारम नलिने

आजदेखि यातायात व्यवस्था विभाग एकान्तकुनाले लिखित फारम नलिने

  • मङ्लबार, चैत्र १, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, चैत १।
राजधानीको ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयले आजदेखि लिखित फारम नबुझ्ने भएको छ । कार्यालयले आजदेखि लिखित फारम विस्थापित गरेर अनलाईन फारम मात्र बुझ्ने तयारी गरेको हो ।

अनलाईन फारम भर्न नजान्नेले नागरिकताको फोटोकपि लिएर कार्यालय जान सक्ने व्यवस्था मिलाइएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताउनुभयो । कार्यालयकै कर्मचारीले लाइसेन्सका लागि अनलाइन फारम भरिदिने व्यवस्था गरेको हो ।

कार्यालयले अहिले लिखित र अनलाईन गरी नयाँ लाइसेन्सको लागि दैनिक पाँच सय जनाको फारम बुझ्ने गरेको छ । तर देखि लिखित फारम एउटा पनि नबुझ्ने भन्दै फारम छापेर बिक्री गर्दै आएको ललिपुर उपमहानगरपालिकालाई अब फारम नछाप्न जानकारी गराइसकेको बताइएको छ ।

यातायात व्यवस्था विभागको वेबसाइट धधध।मयतm।नयख।लउ मा गएर लाइसेन्सको लागि फारम भर्न सकिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ