नुवाकोट, फागुन ३०।
नुवाकोटको देउरालीमा तीर्थयात्री चढेको बा ४ ख ४०५७ नम्बरको मिनी ट्रक गएराति दुर्घटना हँुदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।
धादिङको समेजोङमा फागु पूर्णिमा मेलामा सहभागी भएर घर फर्कदै गरेका तीर्थयात्री चढेको मिनी ट्रक गएराति दुर्घटनामा परेको हो ।
गम्भीर घाइते भएका देउराली–२ की सुनिता तामाङ र सन्तोष तामाङ, देउराली–४ का छिरिङ तामाङ, देउराली–५ की अञ्जली तामाङ, बुङताङ–२ की सरिता तामाङ र सीता तामाङको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।
सामान्य घाइते तीन जनाको देउराली प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline