मुलुकका विभिन्न घटनामा एक विदेशीसहित १६ जनाको मृत्यु

मुलुकका विभिन्न घटनामा एक विदेशीसहित १६ जनाको मृत्यु

  • आइतवार, फाल्गुन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, २९ फागुन ।
मुलुकका १४ स्थानमा गत २४ घण्टामा भएको बिभिन्न घटनामा परि एक जना इजरायली नागरिकसहित १६ जनाको मृत्यु भएको छ ।
कुटपिटबाट घाइते भएका पनौती नगरपालिका–२ स्थित ढलेश्वर क्रसर उद्योगमा काम गर्ने सोही नगरपालिका गोकुले–४ का २६ वर्षीय सोमबहादुर घलानको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा आज मृत्यु भएको छ ।
त्यसैगरी, बाजुरा गुदुखाटी–४ बस्ने ६० वर्षीय नाथ चदारालाई उनकै छोरा २३ वर्षीय लोकेश चदाराले आज बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।
रौतहट चन्द्रपुर नगरपालिका–१ स्थित वीरेन्द्र राजमार्गमा बसले ठक्कर दिँदा ४० वर्षीय पैदलयात्री लालु मन्सुरी, धनुषाको मिथिला नगरपालिका–९ महेन्द्र राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाही, भद्रपुर–४ का ३५ वर्षीय किसुनदेव राय, नवलपरासीको गैँडाकोट नगरपालिका–१० भेंडाबारी मुनाचोकको भित्री सडकमा मोटरसाइकल पल्टँदा सोही नगरपालिका–१३ बस्ने २२ वर्षीय पर्शुराम महतोले ज्यान गुमाएका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ तिनतिरेस्थित दिलमाया रोक्काको गोठमा शनिबार आगलागी हुँदा गोठमा सुतिरहेका उनका छिमेकीको छोरा ११ वर्षीय विक्रम पुन र अर्घाखाँची, सिद्धारा–६ बस्ने १० वर्षीय सन्दिप कुमालको घटनास्थलमै मृत्यु भएको थियो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–१३ दुवाकोट बस्ने ४६ वर्षीय राजेन्द्र खड्का सोही ठाउँस्थित इनारमा डुबेर मृत्यु भएको अवस्थामा आज फेला परेको, स्याङ्जाको अर्जुनचौपारी–६ तल्लो खाल्टे बस्ने ६० वर्षीय वीरबहादुर रोक्का सोही ठाउँको झाँक्री खोलामा आज मृत भेटिएका तथा स्याङ्जाकै तिनदोबाटे–४ आमबोट बजारस्थित स्वास्थ्य स्वयम्सेविका भवनको पेटीमा करिब ४५ वर्षका परिचय नखुलेका पुरुष मृत अवस्थामा आज नै भेटिएका छन् ।
मकवानपुरको आमभञ्ज्याङ–५ भालुखोलास्थित आरजीआई पोल्ट्री फर्ममा काम गर्ने मकवानपुर, गढी–८ बस्ने ४४ वर्षीय सुकराम पाख्रिन र मकवानपुर, हेटौँडा उपमहानगरपालिका–२९ नेवारपानी बस्ने २७ वर्षीय कुमार प्रजा तथा पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल ड्रिम इनमा विगत चार महिनादेखि बस्दै आएका इजरायली नागरिक २० वर्षीय इलाड लुपर आज ओछ्यानमै मृत अवस्थामा आज भेटिएका प्रहरीले जनाएको छ ।
सल्यानको बागचौर नगरपालिका–६ का ५१ वर्षीय डम्बरबहादुर वली, बाग्लुङको बोबाङ–२ खहरेखोलाको भिरमा बोबाङ–३ की ४० वर्षीया डोरमाया पुनमगर, बनेपा नगरपालिका–१० स्थित एलोरेन बस बडी ग्यारेजमा काम गर्ने बारा कलैया नगरपालिका–१० का १८ वर्षीय जितेन्द्र दासलाई बाटोमा लडिरहेको अवस्थामा भेटिएपछि शिर मेमोरियल अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको तथा कैलालीको टीकापुर नगरपालिका–९ मा सेफ्टी ट्याङ्की निर्माण गर्ने पर्खाल भत्केर पुरिँदा मुनुवा–५ का ५० वर्षीय रामगुलाम चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ